२२ मंसिर २०७५, शनिबार
  • रिदम सिंह

बझाङ्ग । जिल्लामा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या हुने गरेको छ । सामान्य खालका मानसिक रोगीलाई सामान्य चेकजाँच र औषधी दिने गरिएको भए पनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाँउन सकेका छैनन् ।

नेपालको संविधानमै स्वास्थ्यलाई मानवको मौलिक हकका समाबेस गरेको भए पनि दुर्गमका नागरिकले भने मानसिक रोगकोसमेत समयमै उपचार पाउन सकेका छैनन् । यसले गर्दा वर्षेनी मानसिक रोगीको सख्या बढ्दै गइरहेको छ भने बिरामीमा जटिलता थपिँदा उपचारमै समस्या हुन थालेकाे छ ।

जिल्लाभरिका स्वास्थ्य-संस्थाहरुको बहिरंग सेवा लिन आउने बिरामीहरुमध्ये २० प्रतिशत बिरामी मानसिक रोग लागेका हुने गरेको र जिल्लामा यससम्बन्धी उपचारको व्यवस्था नहुँदा उनीहरुले उपचार सेवा नपाउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

४ स्वास्थ्य संस्थामा मात्र सामान्य उपचार

बझाङ जिल्लाका चार वटा स्वास्थ्य संस्थाहरुमा मात्र समान्य रुपमा समान्य किसिमका मानसिक बिरामीहरुलाई चेकजाँच र औषधी दिने गरेको भए पनि अन्य स्वास्थ्य संस्थाहरुमा भने चेकजाँच र उपचारको समेत सुविधा नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

जिल्ला स्वास्थ्य कार्यालयका बझाङ कार्यलय प्रमुख डाक्टर अनुप रेग्मीका अनुसार दैनिक दुई-तीन जना मानसिक रोगको समस्या लिएर जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेका छन् । तीमध्ये समान्य डिप्रेसनको मात्र उपचार हुने गरेको र जटिल प्रकारको मानसिक बिरामीलाई उपचार गर्न असहज हुने गरेको उनको भनाइ छ । विषेशज्ञ सेवा नभएका कारण मानसिक रोगीको उपचार हुन नसकेको समेत डाक्टर रेग्मीले बताए ।

परार्मश केन्द्र बाहिरिपछि थप समस्या

केही वर्ष पहिला मानसिक रोग परार्मश केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरि मानसिक रोगीहरुको उपचार र परामर्श सेवा दिँदै आएको थियाे । तर केही समयअघि अाएर उक्त संस्था जिल्लाबाट बाहिरिएपछि मानसिक रोगीलाई थप समस्या भएको छ ।

अर्काे गैरसरकारी संस्था प्रगतिशील युवा समाजले जिल्लाका ४ वटा स्वास्थ्य संस्थामा रहेका मानसिक बिरामीलाई उपचार परामर्श सेवा प्रदान गरिहेको छ । तर यो संस्थाको कार्यक्षेत्र सिमित भएका कारण अन्य गाँउपालिकाका धेरै बिरामीहरु उपचार सेवाको पहुँचबाट बाहिरै रहेको प्रगतिशील युवा समाजका संयोजक लवराज जोशीले बताए ।

४ गाविसमा मात्र सामान्य अाैषधी

संस्थाले काम गर्ने साबिकको ४ वटा गाविसमा मात्र ५० जनालाई समान्य खालको औषधी वितरण गरेको छ । साविकको गाविसमा मात्रै जटिल प्रकारको मानसिक रोगी जोडेर १ सयभन्दा बढी बिरामी छन् ।

नेपाल सरकारले सामान्य स्वास्थ्य संस्थाहरुमा मानसिक रोगीका लागी औसधीबाहेक अन्य सुविधा उपलब्ध गराउन सकेको छैन । उपचार अभावका कारण आफ्नो गाँउपालिकामा केहि बालबालीका यूवाहरुमाहरु समेत मानशिक रोग देखिएको खप्तड छान्ना गाँउपालिका अध्यक्ष बर्क रोकायाले बताए ।

स्थानीय सरकारले कती गर्न सक्छ र प्रदेश तथा केन्द्र सरकारले कति सहयोग गर्नु पर्छ यसको मापदण्ड बनाएर कडाखालका मानसिक रोगी हरुको रिफर गरि बिषेसज्ञ डाक्टर द्धारा उपचार गराउन अनुदान दिने मापदण्ड तयार गरिनु पर्नेमा जोड दिए । उनले मानसिक रोग सम्बन्धी जनचेतना दिन पनि आवश्यक रहेको छ । रोग बढ्दै गएपछि परिवारले बेवारिसे रुपमा

कष्टकर र दयनीय

छोडिदिँदा उनिहरुको जीवन झन कष्टकर र दयनीय हुँदै गइरहेको छ । मानसिक रोगसम्बन्धी उपचारको व्यवस्था नभएका कारण बझाङका विभिन्न बजारहरुमा गम्भिर खालका मानसिक रोग लागेका विरामीहरुको संख्या बढ्दै गएको छ ।

सदरमुकाम चैनपुरमा मात्रै दुइ वर्षयता अस्वभाविक व्यवहार प्रर्दशन गर्ने ६ जनाभन्दा बढी मानसिक रोगीहरु वेवारिसे अवस्थामा भेटिएका छन् । साविकको माझीगाँउ गाविसमा मात्र २३ जना मानसिक रोगीहरु छन् खप्तड छान्ना गाँउपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र रोकायाले बताए ।

LIVE TV