२२ मंसिर २०७५, शनिबार

दाङ । दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले एकै पटकमा तीन बच्चाको जन्म दिएकी हुन् । नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चालाई जन्म दिनुभएकीे स्थानीय देवा धितालले जानकारी दिए ।

उनले पहिलो सन्तानको रुपमा एउटा छोरा र दुईवटी छोरीको जन्म दिएकी हुन् । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो भएपछि घर पठाइएको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो । तीनवटै बच्चाको तौल २ दशमलब ५ किलोभन्दा बढी रहेको छ । गौमतीका श्रीमान् विदेश छन् ।

LIVE TV