मानव तस्करीमा संलग्नताबारे सोधपुछका लागि राजदूत लक्कीलार्इ स्वयं उपस्थित हुन निर्देशन



प्रकाशित मिति : Dec 08, 2018

काठमाडाैँ । अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा स्वदेश फर्किदै छिन् ।

न्यूज ट्वान्टी फोरको कार्यक्रम सिधाकुरा जनतासँगमा राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको प्रसारण भएपछि सरकारकाे सक्रियता बढेकाे छ । सरकारले शेर्पालार्इ सोधपुछका लागि नेपाल बोलाएपछि उनी आज स्वदेश फर्किएकी छन् ।

परराष्ट्र मन्त्रालयले राजदूतका विषयमा आरोप आउन थालेपछि सोधपुछका लागि स्वयं उपस्थित हुन पत्राचार गरेपछि राजदूत शेर्पा काठमाडौं आएकी हुन् ।

राजदूत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप छ । राजदुत शेर्पामाथि आफ्नो चालक बनाई वाङ्छु शेर्पालाई रकम लिएर अष्ट्रेलिया पुर्याएको आरोप छ ।

आरोप सार्वजनिक भएपछि अष्ट्रेलियास्थित नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै वाङ्छुले बहुमूल्य सामान चोरेर भागेको त्यसबारे परराष्ट्रमन्त्रालय तथा सरोकारवाला निकायलाई जानकारी गराइएको उल्लेख गरेको छ ।

तर, वाङछु शेर्पालाई अष्ट्रेलियाको प्रहरीले दुतावासबाट उद्धार गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com