२२ मंसिर २०७५, शनिबार

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला कार्यक्रमको आयोजना गरिएको छ । जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा लीला कार्यक्रमको आयोजना गरिएको हो ।

फाइल फाेटाे

राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ । त्रेतायुगमा फूल टिप्न गएकी सीता र रामबीच भेट भएको प्रसंगलाई फूलबारी लीलाको रूपमा मनाइन्छ । र त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयम्बरमा ५६ कोटि देवताको उपस्थिति रहने मान्यता छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार जनकपुर नगर दर्शन, फूलबारी लिला, तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ ।

LIVE TV