२२ मंसिर २०७५, शनिबार

सर्केगार्ड । मध्ये हिउँदसँगै कर्णाली नदी छेउछाउका विद्यालयहरू खुला चौरमा पठनपाठन गर्न बाध्य छन् । कक्षा कोठामा चिसोको कारण पढाउन र पढ्न नसकिने भएपछि यसरी खुला चौरमा पढाइ गर्न थालिएको छ ।

विद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण दिउँसो १.०० बजे नै घाम छेकिने भएका कारण दिन ढल्केपछि चौरमा पनि घाम लाग्दैन । त्यस्तो बेला त चौर पनि दाउरा बालेर पठनपाठन चलाउनु परेको बताइएको छ ।

विद्यालयसँंगै जोडिएको खाली जग्गामा पठन पाठन हुन थालेको विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र बालकृष्ण फडेराले बताए । कर्णाली नदीको छेउमै रहेको बिद्यालयमा सात वटा भवन भए पनि घाम नलाग्ने भएको कारण सबै कक्षाका विद्यार्थीहरूले खाली जग्गामा पठनपाठन गर्नु परेको उनले बताए । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

LIVE TV