२२ मंसिर २०७५, शनिबार

रोल्पा । संघीयता कार्यान्वयन संगै जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयहरु स्थानीय तहमा गाभिए पछि जनसंपर्क पातलिन थालेको रोल्पा सदरमुकाम पछिल्लो पटक वचेखुचेका सरकारी कार्यालय समेत अन्य जिल्लामा स्थानान्तरण हुन थालेपछि सुनसान देखिन थालेको छ । पछिल्लो पटक जिल्लावाट आधा दर्जन सरकारी कार्यालय छिमेकी जिल्ला सरे पछि यो क्रम अझै तिव्र देखिन थालेको हो ।

सदरमुकाम लिबाङमा रहेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहिद मार्ग सडक आयोजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भू संरक्षण कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय स्थानान्तरण भई छिमेकी जिल्ला दाङ र प्यूठानमा स्थापना गरिएसंगै सदरमुकाम आवत जावत समेत पातलिन थालेको हो ।

जिल्ला सदरमुकामवाट सरकारी कार्यालयहरु विस्थापित भए संगै यहाँको व्यापार व्यवसाय समेत ठप्प हुन पुगेको वताइएको छ । विगतको तुलनामा करिव ६० प्रतिशत व्यापार कम भएको छ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले भने । याे खरब अाजकाे नेपाल समाचारपत्र दैनिकले छापेकाे छ ।

LIVE TV