२१ मंसिर २०७५, शुक्रबार

जयपुर, राजेस्थान । भारतको राजस्थान र तेलङ्गना राज्यमा शुक्रबार विधानसभाका लागि मतदान भएको छ ।

भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

राजस्थान राज्यमा मात्रै एकसय ९९ स्थानका लागि भएको निर्वाचनमा झण्डै दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए ।

राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ निर्वाचन क्षेत्रमा मात्र चुनाव भएको हो । बहुजन समाज पार्टीका उम्मेदवारको निधन भएका कारण अल्वार निर्वाचन क्षेत्रको चुनाव स्थगित भएको छ ।

निर्वाचनका लागि राज्यभरीमा ५१ हजार ६६७ वटा मतदान केन्द्र राखिएको चुनाव आयोगले जनाएको छ ।

शुक्रबार भएको निर्वाचनको मतगणना भने आगामी डिसेम्बर ११ तारिखमा मात्र हुने आयोगले बताएको छ ।

निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० र कङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यस चुनावमा दुवै पार्टीले कम्तीमा १०१ स्थान जित्ने दाबी गरेका छन् ।

सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले १६३ स्थान जितेर पूर्ण बहुमतको सरकार बनाएको थियो । कङ्ग्रेस २१ स्थानमा खुम्चिएको थियो ।

LIVE TV