छोराद्वारा बुबा र ठूलो बुबाको हत्या



प्रकाशित मिति : Dec 07, 2018

कैलाली । लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।

बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिनुुभयो ।

उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उहाँको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उहाँलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com