२१ मंसिर २०७५, शुक्रबार

काठमाडौं । महानगरपालिकामा सार्वजनिक शौचालय खासै भेटिदैन । शहरको मापदण्डभित्र पर्ने शौचालय निर्माणमा महानगरपालिका उदासिन देखिएको प्रस्ट हुन्छ । बल्ल नयाँ प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणमा काठमाडौं महानगरपालिका सक्रियता देखाउने भएको छ ।

काठमाडौं महानगरपालिकाले ४२ वटा नयाँ प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणको योजना बनाएको छ । ‘रोटोमोल्डिङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको योजना छ । महानगरले लैनचौर, नयाँ बसपार्क, एयरपोर्ट, बसन्तपुर, जमल, सुन्धारा लगायतका सार्वजानिक स्थानमा ४२ वटा स्र्माट शौचालय निर्माणको योजना अघि सारेको छ । यसका लागि करिब ९ करोड बजेट खर्च हुने देखिन्छ ।

महानगरको स्र्माट शौचालय एउटा आकर्षण मात्र हुने हो कि भन्नेमा सर्वसाधारण शंका गर्छन । योजनामा मात्र सिमित हुने होकि भन्ने आशंका पनि कायमै छ । स्र्माट सौचालय महानगरको प्रसिद्धि कमाउने बाटो मात्र हो वा साच्चै प्रयोगमा आउन सक्छ ? सर्वसाधारण प्रश्न गर्छन ।

साधारण अर्थात अहिले भइरहेका सौचालय भद्रगोल अवस्थामा छन् । सरसफाई छैन, तर नयाँ बनाउन महानगरपालिकाले टेन्डर समेत आह्वान गरिसकेको छ । आवश्यक मर्मत सम्भार नगरे यत्रो खर्च गरेर बनाएका सौचालयको आयु कति होला त्यो भने हेर्न बाँकी नै छ ।

 

LIVE TV