सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला



प्रकाशित मिति : Dec 07, 2018

रुपन्देही । प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेत्री डिला सङ्ग्रौलाले मुलुकमा सुशासन कायम नहँुदा दण्डहिनता बढेको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले जनतालाई विकास र समृद्धिसँग जोड्न नसकेको टिप्पणी गर्नुभयो । सरकारले अपराधीलाई संरक्षण नदिइ कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उहाँले कानून कार्यान्वयन भए मुलुकमा अपराध न्यूनीकरण हुने विचार व्यक्त गर्नुभयो ।

सङ्ग्रौलाले मुलुकमा भइरहेको हिंसा, हत्या र बलात्कारविरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट आवाज उठाउने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com