मोटरसाइकलबाट लडेर ७० बर्षीय वृद्धाको मृत्यु



प्रकाशित मिति : Dec 07, 2018

लहान । सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com