राष्ट्रपति आउँदा उडाउन रद्द, रातिसम्मै उडान प्रभावित



प्रकाशित मिति : Dec 07, 2018

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएमा आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । , आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com