गौचन हत्या काण्ड: गुन्डा नाइके समिरमानकी श्रीमतीलार्इ ५ लाख धरौटीमा छाड्न अदालतलेकाे आदेश



प्रकाशित मिति : Dec 06, 2018

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई अदालतले तारिकमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मायालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । मायालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको थियो। मायाँ ‘लेडी डन’को रुपमा परिचित छिन् ।

गौचन हत्याको आरोपमा पक्राउ परेका अम्मबहादुर राना र लोप्साङ लामा पनि पक्राउ परेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com