एक किलो ५०० ग्राम चरेससहित भारतीय पक्राउ



प्रकाशित मिति : Dec 06, 2018

पर्सा। प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५०० ग्राम चरेससहित प्रहरीले आज पक्राउ गरेको हो ।

नेपालमा खरिद गरिएको चरेस भारततर्फ लैजाँदै गरेको अवस्थामा कुर्मीलाई शङ्कराचार्यद्वार नजिकै जाँच गर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com