निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा



प्रकाशित मिति : Dec 06, 2018

मोरङ । विराटनगरको बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा आएको छ ।

भारतीय विदेश मन्त्रालयले एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडी जान दिएपछि आंशिक रुपमा भन्सार सञ्चालनमा आएको हो । हिजोबाट भारततर्फ खाली ट्रक, ट्यांकर र लरी भारत जान थालेका छन ।

विराटनगर भन्सार नाका भएर दैनिक ३ सय मालवाहक गाडी नेपाल भित्रिने गरेका छन् भने करिब २ सय ५० वटा खाली गाडी भारत तर्फ जाने गरेका छन् ।

करिब दुई वर्ष अघि नै भारत तर्फको निर्माण कार्य सम्पन्न भएपनि एकीकृत भंसार जाँच चौकीको नेपाल तर्फको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com