नेपाली फुटबलर रोहित चन्द इण्डोनेशिया लिगको उत्कृष्ठ खेलाडीको मनोनयनमा
- प्रियालक्ष्मी कार्की,
काठमाडौं, २० मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षापंक्तिका भरपर्दो खेलाडी रोहित चन्द इण्डोनेशिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा चन्द परेका हुन् । लिगको ३० खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरेका छन् । रोहितको उत्कृष्ट प्रदर्शनका कारण नै पर्सिजा हाल अंक तालिकाको शीर्ष स्थानमा छ । पर्सिजाले लिगको अन्तिम खेल जितेको अवस्थामा लिग उपाधि जित्नेछ । रोहितले पर्सिजाको मिडफिल्ड सम्हाल्दै ८ सय ५० पास खेले ।
जसमध्ये ६ सय ६८ पास सफल भएको थियो । २६ वर्षीय रोहित नेपालका चर्चित क्लव मछिन्द्र फुटबल क्लव, मनाङ म¥याङ्दी क्लवबाट खेलिसकेका छन् ।