२० मंसिर २०७५, बिहीबार

काठमाडौं, २० मंसिर । सरकारले ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा विशिष्ट व्यक्तिहरुका लागि आवास बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् वैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सैबुमा बनाइने आवासमा राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु बस्ने छन् । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण गरिने निर्णय भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

साथै विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पीस फेडरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको १ लाख डलर बराबरको पुरस्कारमा सोही बराबरको रकम थप गरि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारको कोषको समेत स्थापना गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

यसै गरिने मन्त्रिपरिषद वैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने,उपत्यकाको फोहर मैला व्यबस्थापन गर्न नुवाकोटको वञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण गर्ने जस्ता निर्णय पनि गरेको मन्त्री बास्कोटाले जानकारी गराउनु भयो ।

LIVE TV