
काठमाडौं । सर्वोच्च अदालतबाट पूर्वप्रहरी महानिरीक्षकले सफाइ पाएका छन् ।
पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका थिए । उनीसंग २०६८ सालमा २६ लाख भन्दा बढी रुपैयाँ अवैध आम्दानी देखिएको थियो । न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै सफाइ दिने फैसला गरेको हाे ।
अवैध आम्दानी देखिएपछि बोहरालार्इ उक्त बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो ।