२० मंसिर २०७५, बिहीबार
  • दीपक उपाध्याय,

कैलाली , २० मंसिर । बलात्कार पछि हत्या गरिएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्री कार्यालय अगाडि प्रदशन गरिएको छ । काठमाण्डौबाट सुरु भएको पोष्टर अभियानलाई निरन्तरता दिदै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

मुख्यमन्त्री कार्यालयको पर्खालमा पोष्टर टास्न खोज्दा प्रहरीले रोक लगाएपछि सरकार बिरुद्ध नाराबाजी गरिएको थियो । नागरिक समाज धनगढीको अगुवाईमा भएको अभियानमा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीको पनि सहभागिता रहेको थियो । अभियानमा सहभागी हुँदै नेतृ यमीले घटना घटेको धेरै बिति सक्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभुति नै हराउन थालेको बताईन ।

उनले सरकार पीडितलाई न्याय दिनुको साटो बिभिन्न प्रपञ्च बनाएर घटनालाई मोड्न खोजी रहेको आरोप लगाईन । टीकापुर घटनाको लामो समय बिति सक्दापनि फैसला नभएको भन्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट विजयी सांसद रेशम चौधरीलाई न्याय दिनु पर्ने माग गरिन ।

नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी सहितले बिहीबार निर्मलाको पोष्टर बजारका बिभिन्न ठाउमा टाँसेका छन । उनीहरुले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नजिकै रहेका अन्य सरकारी कार्यालयका पर्खालमा पोष्टर टाँसेका हुन । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोष्टर टाँसिएको हो । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन लेखिएको छ ।

LIVE TV