इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु



प्रकाशित मिति : Dec 06, 2018

तेहरान। प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com