२० मंसिर २०७५, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २० मंसिर । आजैका दिन गणेश भगवानले आफनो बुवा आमा शिव र पार्बतीको परिक्रमा गरी सर्ब श्रेष्ठ बनेका थिए । त्यसैले गर्दा कपिलबस्तुको शिव मन्दिर शक्तिपीठमा १० हजार बढी भक्तजनहरुको घुइचो लागेको छ ।

आज बिहीवार कृष्ण चर्तुदशीको यस विशेष दिन नै बाला चतुर्दशीको रुपमा मनाइन्छ । आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्वपूर्ण दिनका रुपमा लिइन्छ । सतविज राखी शक्तिपीठको परिक्रमा गरी पूजा गरेका छन् ।

सतविज भन्नाले अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाइएको बिजलाई सतविज र सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु भएको भन्ने गरेका छन् ।

रातिको ३ बजेदेखि तौलेश्वर नाथ शिव मन्दिरमा महिलाहरुले हातमा सतविज तथा चना, तील, मकैका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा राखी परिक्रमा गरेको छन । पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

यस चाडको सबैभन्दा रोचक प्रसङ्ग गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका रूपमा लिइन्छ र भक्तालुहरुले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कानमै आफ्ना कुरा सुनाउन गरेका छन् ।

बाला नाम गरेको एकजना असुर थिए भने उनका साथी व्रिसलाई राजाले बालालाई मार्नका लागि पठाएका थिए । बालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाइदिने गरेकाले जनताहरुले धेरै दुःख पाएका थिए । व्रिसले आफ्नो साथी बालालाई छलले मार्न उचित ठान्दैनन् र मित्रताको न्यानो परिधिभित्र रहेको बालाले जस्तोसुकै असुरी कार्य गरेको भएपनि उसलाई हत्या गर्न नसक्ने भएकाले श्लेषमान्तक वनमा गएर आदिदेव शिवजीको तपस्या गरेका थिए ।

भगवान् शिव व्रिसको तपस्याबाट प्रसन्न भएर बालालाई असुरजुनीबाट मुक्त गरिएको थिए । व्रिसलाई सतविज छरेर आफ्नो साथी बालालाई पापबाट मुक्त गराउन आज्ञा दिएका थिए । यसरी सतविज छर्ने चलन सुरु भएको र आजको यो दिन मित्रताको दृष्टान्तका रुपमा पनि उत्तिकै महत्पूर्ण रहेको लिइएको पाइन्छ ।

LIVE TV