२० मंसिर २०७५, बिहीबार

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएको छ ।

राष्ट्रपति भण्डारी आज विहान ११ बजे त्रिभुवन विमास्थलमा अवतरण गर्नुभएको थियो । पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन संरचना सम्बन्धी सम्मेलनमा सम्बोधन गर्नुभएको थियो । त्यस्तै उहाँले पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग भेटवार्ता गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले नेपाल जस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकले बेहोर्नु परेको जलवायु परिवर्तन र ग्लोबल वर्मिङ असरबारे विश्व समुदायलाई जानकारी गराउनुभएको थियो । आफुहरुले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गर्दै उहाँले प्रविधि र श्रोत सम्पन्न मुलुकहरुको सहयोगको अपेक्षा समेत गर्नुभएको थियो ।

LIVE TV