२० मंसिर २०७५, बिहीबार

काठमाडौँ । सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ । विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार आयोजना गरेको स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले देशको विकास गर्ने हो सबै स्थानीय तहको विकासको लागि एक भएर लाग्नुपर्ने बताएका हुन् ।

सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रित भएको भन्दै सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा श्रेष्ठले जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनालीले सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रित हुनुपर्ने धारणा राखे ।

LIVE TV