स्वयंसेविकालाई छाता र जुत्ता, अवकाशप्राप्तलार्इ शतप्रतिशत रकम थप 



प्रकाशित मिति : Dec 06, 2018

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रमा लामो समयदेखि सेवा पुर्याउने अवकाशप्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध हुने सुविधामा शतप्रतिशत रकम थप गरी वितरण गरेको छ ।

पन्ध्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधबार आयोजित स्वयंसेविका सम्मान कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले अवकाश प्राप्त महिला स्वयंसेविकाका लागि केन्द्रीय सरकारले प्रतिव्यक्ति रु २० हजारका दरले रकम उपलब्ध गराएकामा नगरपालिकाका तर्फबाट पनि प्रतिव्यक्ति रु २० हजार थप गरी वितरण गरेका हुन् ।

उनीहरूको मागअनुसार नगरप्रमुख थापाले यसै वर्षदेखि स्वयंसेविकालाई छाता र एकजोर जुत्तासमेत वितरण गरिने घोषणा समेत गर्नुभयो । कार्यक्रममा नगरपालिकामा उत्कृष्ट काम गर्ने आठ स्वयंसेविकालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com