भारतीय क्रिकेटर गौतम गम्भीरद्वारा सबै संस्करणको खेलबाट सन्यास



प्रकाशित मिति : Dec 05, 2018

काठमडौँ । भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन् ।

गौतम गम्भीरले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै सबै किसिमका क्रिकेट खेलबाट सन्यास लिएको जानकारी दिएका हुन् । देब्रेहाते ब्याट्सम्यान गौतम गम्भीरले लामो समयसम्म भारतका लागि टेस्ट, वानडे र टी–२० मा उत्कृष्ट खेलेका थिए । उनले सन् २०११ को विश्वकप भारतले जित्दा फाइनलमा सबैभन्दा बढी ९७ रन बनाएका थिए । उनले सन् २००३ मा बंगलादेश विरुद्ध भारतका लागि पहिलो अन्तर्रा्ष्ट्रिय खेल खेलेका थिए। उनले ५८ टेस्ट खेलेका थिए ।

त्यस्तै खेल जीवनमा १ सय ४७ वानडे खेलेका उनले ३७ अन्तर्राष्ट्रिय टी–२० खेलेका थिए । उनी आईपीएलमा कप्तान रहेको बेला कोलकाता नाइट राइडर्स दुई पटक च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com