वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लाभांश वितरण गर्दै



प्रकाशित मिति : Dec 05, 2018

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लाभांश वितरण गरिरहेका छन् । ग्लोबल आइएमई बैंकले बोनस शेयर दिने भएको छ भने नविल बैंकले बोनस र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । संंचालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

ग्लोबल आइएमई बैंकलाभांश

  • गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस शेयर
  • नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी
  • साधारणसभाबाट पारित भएपछि लगानीकले पा

नबिल बैंक

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १८ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र बैंक साधारणसभाबाट पारित हुन भने बाँकि छ ।

  • नबिल बैंकको आकर्षक लाभांश प्रस्ताव
  • ३० प्रतिशत लाभांश वितरण गर्ने
  • १८ प्रतिशत नगद र १२ प्रतिशत बोनस
  • राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी
  • बैंक साधारणसभाबाट परित हुन बाँकी
Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com