१९ मंसिर २०७५, बुधबार

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउन सहयोग पु¥याउने उद्देश्यले प्राइम कमर्शियल बैंकले रु एक लाख ५० हजार सहयोग गरेको छ ।

बैँकको भरतपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गणेशधाम निर्माणका लागि उक्त सहयोग गरेको जनाएको छ । बैंकका प्रबन्धक पदमराज पौडेलले सो रकम हस्तान्तरण गर्नुभएको हो । आजै महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले गणेशधाममा खानेपानी ट्याङ्की निर्माणका लागि रु ४० हजार सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले मूल समारोह समितिका अध्यक्ष चुकेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो धाम बनाउन यही मङ्सिर २२ गतेबाट महायज्ञ गर्न लागिएको छ । महायज्ञ समारोह सञ्चालन र प्रचारप्रसारका लागि कालिका व्याग उद्योगका सञ्चालक उमेश पियाले रु २० हजारको झण्डा र झोला सहयोग गरेको प्रचार समिति संयोजक गौरीश्वर सापकोटाले बताउनुभयो ।

LIVE TV