१९ मंसिर २०७५, बुधबार

काठमाडौं । काठमाडौंको खुलामञ्च अहिले बसपार्क र निर्माण सामग्री थुपार्ने थलो बनेको छ । कुनै समय परिवर्तनका लागि आन्दोलन र सभा-सम्मेलन गर्ने स्थानका रुपमा परिचित खुलामञ्च अतिक्रमणको चपेटामा छ । तरपनि सरोकारवाला खुलामञ्चलाई खुला राख्न उदसीन छन् ।

यो काठमाडौको मध्यभागमा रहेको खुल्लामञ्च हो । अहिले मञ्च वरिपरी निर्माण सामाग्री थुपारिएको छ । अलिपर, बस पार्कमा परिणत हुँदै गरेको खुल्ला मञ्चको वास्तविक रुप अहिले पाउन सकिदैन । फोहोर त खुल्ला मञ्चको पर्याय झैं बनेको छ ।

परिवर्तनका लागि भएका धेरै आन्दोलनको साक्षी हो, खुल्ला मञ्च । पहिलो जनआन्दोलन २०४६ होस् वा ६२/६३ दोस्रो जनआन्दोलनपछिका राजनीतिक उद्घोष यहीबाट भएको थियो । २५ हजार मानिस आँट्ने क्षमता रहेको खुल्लामञ्च अहिले मञ्चमा मात्र सिमित बनेको छ ।

वरिपरि वालुवा थुपारिएको छ भने कतै गिट्टी-रड राखिएको छ । वीर अस्पताल, दरवार हाइस्कूल पुनर्निर्माणका लागि आवश्यक सामाग्री राख्ने स्थानको परिचय बनाउँदै गएको छ, यो खुल्ला मञ्चले । खुल्लामञ्चको संरक्षण गर्ने दायित्व बोकेको काठमाडौँ महानगरपालिकाले आधाभागमा बसपार्क बनाउन दिएको छ भने आधा ठाउँ नेपाल र विदेशी निर्माण कम्पनीलाई निर्माण सामाग्रि भण्डार गर्न दिएको छ । यसको अस्तित्व खतरामा रहेकामा नागरिक भने चिन्तित छन् ।

महानगरले अस्थायीरुपमा बसपार्क बनाएको भनेको छ तर कहिलेसम्म त्यसको जवाफ छैन । यस्तो क्रियाकलापले निर्माण कम्पनीलाई राहत पुग्ला तर परिवर्तनका लागि साक्षी बनेको खुल्ला मञ्च जोगाउन परिवर्तनका हिमायती शक्ति किन उदासिन ?

 

LIVE TV