बर्दियामा चार जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित



प्रकाशित मिति : Dec 05, 2018
  • ज्योति कुमार पन्थि,

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा कार्यरत रहेका ४ जना महिला स्वास्थय स्वयम सेविकाहरूलाई सम्मानित गरिएको छ । राधा डाँगी, गुडिया बेहना, कुश्मादेवि यादव र अपसरा बिकलाई सम्मानित गरिएको हो ।

उनीहरूलाई नगद एक हजार पाँच सयसहित सम्मानित गरिएको हो । गुलरिया नगरपालिका स्वास्थय शाखामा कार्यरत रहेका जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरिएको हो ।

गुलरिया नटरपालिकामा कार्यरत रहेका १ सय ९ जना महिला स्वास्थ्य स्वयसेविकालाई सम्मानित गरिएको हो । २०४६ सालदेखि महिला स्वास्थ्य स्वयम सेविका कार्यक्रम शुरू भएको हो । पछिल्लो समय स्वास्थ्य सेवामा बसेर निशुल्क काम गर्ने गरेका महिला स्वास्थ्य स्वयम सेविकाहरु मध्य राम्रो काम गर्ने चार जना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई सम्मानित गरिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए ।

उनले यो चार जनाको सम्मानले अन्य महिला सवास्थ्य स्वयमसेविकालाई समेत काम गर्न प्रेरणा मिल्ने बताए । स्वास्थ्य स्वयम सेविका दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा गुलरिया नगर क्षेत्रका १ सय ९ जनालाई साईकल वितरण गरिएको छ । महिला सवास्थ्य स्वयम सेविकाहरूलाई विभिन्न स्थानमा आवत जावत गर्न सहज होस् भन्ने उदेश्यका साथ साईकल वितरण गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए ।

विगत लामो समयदेखि कुनै स्वार्थ बिना निशुल्क काम गर्दै आयका महिला स्वास्थ्य स्वयमसेविकाहरूले साइकल पाएपछि आफूहरूलाई थप हौसला मिलेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com