१९ मंसिर २०७५, बुधबार
  • ज्योति कुमार पन्थि,

गुलरिया, १९ बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध खैरो हिरोइनसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला मिहिपुरवा घर भएका २५ वर्षीय बिमलेश कुमार हरजन रहेका छन् ।

विगत लामो समयदेखि लागू औषध तस्करीको कारेबार गरिरहेका उनी प्रहरीको निगरानीमा रहेका थिए । उनले लामो समय देखि बर्दियाको मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल नगरपालिकामा लागू औषध विक्री वितरण गर्दै आएका थिए ।

उनीसँग प्रहरीले करिब २ लाख रूपैया बराबरको ३० ग्राम ब्राउन सुगर खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए । पछिल्लो समय प्रहरीले बर्दिया जिल्लाका विभिन्न स्थानमा आफ्नो सक्रियता बढाएपछि यसै आर्थिक वर्षको ५ महिनामा १७ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको समेत प्रहरी प्रमुख मैनालीले बताए ।

बर्दियाको खुला सीमाना भएका र लागू औषधको तस्करी हुन सक्ने आशंका गरिएको जमुनी, फुटाहा, मोहम्मदपुर, गुलरिया, मधुवन, खैरि र राजापुर नाकासँग जोडिएका स्थानहरूमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि लागू औषध कारोबारीहरू पक्राउ पर्न थालेका छन ।

LIVE TV