१९ मंसिर २०७५, बुधबार

काठमाडाैं। बेलायतका सांसदले ईयूबाट बाहिरिने ब्रेक्जिट सम्झौतामा छलफल नगर्ने जनाएका छन् ।

बेलायतकी प्रधानमन्त्री टेरेसा मेले ईयूबाट बाहिरने सम्बन्धको ब्रक्जिेट सम्झौताको विधेयक संसदमा पेश गरेपनि विपक्षी दलले विधेयकमाथि छलफल नगर्ने जनाएका हुन् । संसदीय बहमा हार बेहोरेकी मेका लागि अघिल्लो महिना हुने सम्झौतामा हुने मतदानमा समेत समस्या पर्ने देखिएको । संसद्मा बेलायत औपचारिक रूपमा यूरोपेली संघ-ईयूबाट बाहिरिने बेक्जिटसम्बन्धी पाँच दिने महत्त्वपूर्ण बहस शुरू गर्दै मेले सांसदलाई सम्झौता पारित हुनुपर्ने या त सम्झौता नै नहुने वा ब्रेक्जिट नहुने अवस्था रहेको र त्यसैमध्येको विकल्प छान्नुपर्ने चेतावनी दिएकी छिन् ।

ईयूबाट ब्रिटेनको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे प्रधानमन्त्री मेद्वारा प्रस्तावित ब्रेक्जिट सम्झौतामाथि ब्रिटिश तल्लो सदन हाउस अफ कमन्समा बहसहरू चलिरहेका छन् । सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ । नोभेम्बरको अन्त्यमा २० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको बैठकले सो सम्झौता अनुमोदन गरेका थिए । तर त्यो कार्यान्वयनमा आउन त्यसलाई ब्रिटिश संसद्ले पारित गर्नुपर्ने हुन्छ ।

LIVE TV