१८ मंसिर २०७५, मंगलवार

पेखरा । लोकसेवा आयोगमा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई खोजि खोजि पैसा दिनेलाई पास गराउने गरेको खुलेको छ । स्याङ्जाका ज्ञानप्रसाद न्यौपानेले लोकसेवा आयोगले लिएको अहेवा चौथो तहको लिखित र मौखिक परीक्षा दिए ।

परीक्षा दिएर घरमै बसेका उनलाई पढाएका शिक्षक तथा जनस्वास्थ्य अधिकृत कमल पाण्डेले लोकसेवा पास हुने भए गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेललाई सम्पर्क गर्न भनेका थिए । त्यसपछि ज्ञानप्रसादले स्वास्थ्य सेवा अन्तर्गत ११ आंै तहमा कार्यरत डाक्टर पौडेललाई भेटे ।
ज्ञानप्रसादसँगको भेटमा डाक्टर पौडेलले एक लाख दिए लोकसेवामा पास गराइदिने भन्दै १ लाख रुपैया माग गरे । त्यपछि पटक पटक पास हुने भए १ लाख दिनु पर्ने भन्दै निर्देशक डाक्टर पौडेलले म्यासेज र फोन गरिरहेका थिए ।

आफुले राम्रो परीक्षा दिँदा पनि १ लाख मागेपछि ज्ञानप्रसादले हामीलाई सम्पर्क गरे । ज्ञानप्रसादले यस विषयमा सवै जानकारी गराएपछि हाम्रो टिम पोखराका लागि हिड्यो ।

हामी पोखरा पुगे लगत्तै पोखरामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीसँंग समुन्नय गरौ । एक लाख रुपैया तयार गरी ज्ञानप्रसादलाई स्वास्थ्य निर्देशक तारानाथ पौडेललाई सम्पर्क गर्न लगायौं । डाक्टर पौडेलले ज्ञानप्रसादलाई पोखराको पृथ्वी चोकमा बस्न लगाए ।

पुथ्वी चोकमा आघा घण्टासम्म पनि डाक्टर पौडेल आएनन् । उनले पुनः फोन गरी घुस लिने ठाउँ परिवर्तन गर्न भने । यस पटक उनले पुथ्वी चोकमा नभई बुद्ध चोकमा बस्न भने । त्यसपछि ज्ञानप्रसादसहित हाम्रो टिम बुद्ध चोकमा बस्यांै ।

करिब ४५ मिनेको पखाईपछि डाक्टर पोडेल हिड्दै ज्ञानप्रसाद भएको ठाउँमा आए र उनीसँग भएको १ लाख रुपैयाँं लिई आफनो गोजिमा हाले ।
स्वास्थ्य निर्देशक पौडेलले घुस लिए लगत्तै अख्तियारको टिमले उनलाई नियन्त्रणमा लियो र कारवाही प्रकृया शुरु ग¥यौं । सुरुमा उनले पहिलो पटक घुस लिएको भने तर पछि सापटी लिएको पनि भन्न भ्याए ।

ज्ञानप्रसादको परीक्षा राम्रै भएको थियो । पास हुने पनि उनीढुक्क थिए । तर परीक्षा दिएर बसेका उनीसँग यसरी एक लाख रुपैयां मागेपछि लोकसेवा आयोग प्रतिको उनको विस्वास उड्यो । पैसा नदिए फेल गराईदिने पो हुन कि भन्ने डर उनमा रह्यो ।

एउटा कुरा प्रस्ट छ । यसरी लोकसेवा आयोगको परीक्षा दिएर बसेकाहरुलाई पास गराईदिन्छु भनि पैसा लिनेहरुको कमी छैन् । तर पैसा लिनेहरुले कसरी पास गराउँछ त्यो खोज्ने जिम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ।

LIVE TV