१८ मंसिर २०७५, मंगलवार

काठमाडौँ । सवारी दुर्घटना गराएर भाग्ने एक चालकलाई प्रहरी सिसिटिभी क्यामेराको सहयोगमा आज पक्राउ गरिएको छ ।

यही मङ्सिर १२ गते बिहान चार बजे टेकुमा दुर्घटना गराएर भाग्ने बनेपा–५ का कुमार श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । टेकुमा भएको सडक दुर्घटनामा कञ्चनपुर भीमदत्तनगर–१८ का जीवन सिंह घाइते हुनुभएको थियो ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लैजाने क्रममा सिंहको मृत्यु भएको थियो । प्रहरीले प्रविधिको प्रयोग गरेर दुर्घटना गराई भाग्नेलाई पक्राउ गर्न सफल भएको हो । सिसिटिभी फुटेजका आधारमा बा १८ च ३२९३ नम्बरको भ्यान खोज्दै जाँदा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो ।

LIVE TV