१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । कपडा व्यवसायी ३० वर्षीया प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं–९, तिलगंगामा कपडा व्यवसाय गर्दै आएकी वाग्लेकी स्थायी घर सर्लाहीको हरिवन हो ।

वाग्लेलाई गत सोमबार भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ, भने घटनामाथि छानविन भइरहेको महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जनाकारी गराएका छन् ।

खुकुरी प्रहारबाट घाइते बनेकी वाग्लेलाई ओम अस्पताल ल्याइएको छ । अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । वाग्ले खतरामुक्त रहेकी डीएसपी मल्लले जानकारी गराएका छन् ।

कपडा व्यवसायी वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने अझैं पत्ता लगाउन सकेको छैन, भने पक्राउ परेका आनन्दले पटकपटक बयान परिवर्तन गरिरहेको जनाइएको छ ।

LIVE TV