सर्जक सुमन ढकालको कारुणीक सिर्जना ‘दुखी जीवन’ सार्वजनिक



प्रकाशित मिति : Dec 04, 2018

सर्जक सुमन ढकालको वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोकदोहोरी गीत “दुखी जीवन” अहिले चर्चामा छ ।

नेपाली लोक संगीतमा निकै रुची राख्ने सुमनको यो पहिलो एल्बम हो । मार्मिक शब्द रचना गरेका सुमन, आफैँले कारुणीक लय भरेका छन् । उनको यो पहिलो सिर्जना भएपछि तारिफयोग्य रहेको छ ।गीत निकै मन पराइएको छ ।

दुखी जीवनबाटै संगीतको यात्रामा औपचारिक पाइला चालेका उनी अब निरन्तर लोक गीत संगीतको सिर्जनामा लागी पर्ने बताउँछन् । अमीत बाबु रोकाय र जमुना शेर्पालीको यस गितमा आवाज रहेको छ । चर्चित मोडेल तथा निर्देशक काजिश श्रेष्ठकाे निर्देशन रहेको भिडियोमा पुस्कल र आयुश्मा कार्कीको अभिनय देख्न सकिन्छ ।

भिडियोलाइ अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन दिपक बिष्टको रहेको छ । म्युजिक सोलुसनले यस गितको भिडियोलाइ बजार व्यवस्थापन गरेको छ । भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com