१८ मंसिर २०७५, मंगलवार

काठमाडौँ। क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् ।

क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

यसअघि सन् २००७ मा ब्राजिल र एसिय मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता २० वर्षसम्म मेसी–रोनाल्डोले ५-५ पटक यो उपाधि जिते ।

मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो र मेसी पाँचाै स्थानमा रहे । याे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छ ।

LIVE TV