१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । बहुचर्चित खानेपानी आयोजना मेलम्चीपछि लार्के र यांग्री खोलाको पानी काठमाडौं ल्याउने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ । तर अझै पनि उक्त कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन सकेको छैन ।

डिपिआर तयार पार्ने जिम्मा पाएको स्पेनिस परामर्शदाता इप्टिसाले समयमै डिपिआर नबुझाएपछि मेलम्ची खानेपानी आयोजनाले डिपिआर बुझाउन पटक पटक पत्रचार गरेको थियो ।

‘इप्टिसाले तयार पारेको डिपिआरको फाइनल ड्राफ्टमा हामीले कमेन्ट दिईसकेका छौँ । चाँडै फाइनल रिपोर्ट बुझाउनु भनेका छौँ । पत्रचार पनि त्यही अनुसार भएको छ तर अझैसम्म पनि फाइनल सिपोर्ट पाएका छैनौं ।,’ समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले भन्नुभयो ।

समितिका अनुसार इप्टिसाले सन् २०१७ जनवरीबाट डिसेम्बरसम्म सम्पन्न गर्ने गरी डिपिआरको काम थालेको थियो । तर निर्धारित समय भित्र डिपिआर तयार नभएपछि ६ महिना समय थप गरेको थियो । सन् २०१८ को डिसेम्बर अर्थात २ वर्ष लागे पनि अहिलेसम्म इप्टिसाले डिपिआरको फाइनल रिपोर्ट दिन सकेको छैन । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

LIVE TV