१७ मंसिर २०७५, सोमबार

काठमाडौं । सिंहदरवारमा सामान्यनै भएपनि परिवर्तन भएको छ । मन्त्रालय तथा कार्यालय जानका लागि राखिएका संकेत चिन्हले पारेको कठिनाईमा सुधार भएको छ । न्यूज ट्वान्टीफोले यसअघि नयाँ मन्त्रालय तर, पुरानै संकेत चिन्हले सर्वसाधारणको कठिनाई प्रसारण गरेको थियो । त्यसको एक सातामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुधार गरेको छ ।

एक साता अघि सिंहदरवारमा भेटिएका एक सर्वसाधारण अलमलमा थिए । संकेत चिन्हले देखाएका स्थानमा मन्त्रालय वा कार्यालय थिएनन् । यो गुनासो सिंहदरबारमा भेटिएका उनैको हो । मन्त्रालय एकातिर र नाम अर्कोतिर भएपछि धेरै जना झुक्किएनन् मात्र मन्त्रालय खोज्दैमा समय खेर जाने सास्ती समेत भोगे । देशको मुख्य प्रशासनिक केन्दनै यस्तो अस्तव्यस्त देखेपछि हामी यो समस्या लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थियौं । प्रधानमन्त्री कार्यालयले यसलाई छिट्टै परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो ।

र प्रतिबद्धता जाहेर गरेको केही समयपछि हामी फेरी सिंहदरबार पुग्यौं । र फलोअप ग¥यौं । एउटै मन्त्रालय अलग अलग ठाउँमा देखिने समस्या अब हटेछ । र प्रधानमन्त्रीको कार्यालयले संकेत चिन्हकै कारण नागरिकले पाएको सास्तीको सुनुवाई गरेको छ ।

अब नयाँ सकेत चिन्ह राखिएपछि सेवाकालागि जाने सर्वसाधारणले खोजेको मन्त्रालय देखाएको संकेततिरनै भेट्न पाउने छन् । मन्त्रालय खोज्दै भौतारिनु पर्ने समस्याले हल पाएको छ । तर, मन्त्रालय भेटेपछि सर्वसाधारणले भनेको काम पनि भनेकै बेला हल हुने वातावरण बनोस् । हाम्रो फलोअप जारी छ ।

 

LIVE TV