१७ मंसिर २०७५, सोमबार

काठमाडौँ । बैंकहरुले स्थानीय तहले संघीय सरकारबाट पाउने बजेट निक्षेपका रुपमा परिचालन गर्न पाउने भएका छन् । बैंकहरुमा लगानीयोग्य रकमको अभाव देखिएपछि अर्थमन्त्रालयले नयाँ व्यवस्था गरिदिएको हो ।

सरकारले स्थानीय तहका लागि छुट्याएको बजेट बाणिज्य बैंकहरुले निक्षेपका रुपमा परिचालन गर्न पाउने भएका छन् । अर्थमन्त्रालयले स्थानीय तहको बजेटमध्ये ५० प्रतिशत रकम बैंकलाई निक्षेपका रुपमा परिचालन गर्न बाटो खोलिदिएको हो। स्थानीय तहको बैंक खातामा पैसा जाने वित्तीकै राष्ट्र बैंक्ले तान्ने गरेकोमा अव स्थानीय तहले खर्च नगरेपनि बैंकहरुले लगानीयोग्य रकमको रुपमा परिचालन गर्न पाउने भएका हुन् ।

सोमबारबाटै लागु हुने गरि अर्थमन्त्रालयले व्यवस्था गरेपछि राष्ट्र बैंकमा रहेको स्थानीय तहको खाताबाट सम्बन्धीत बैंकमा पैसा पुगिसकेको छ । यस संगै बैंकहरुले स्थानीय तहको ४० अर्ब रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न पाएका छन् । यसले बैंकमा देखिएको सिसिडी रेसियो ७९ प्रतिशतबाट तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV