बजारमा नयाँ टाटा टिगोर, यस्तो छ बिशेषताहरु



प्रकाशित मिति : Dec 03, 2018

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नेपाली बजारमा अर्को एउटा आकर्षक प्यासेन्जर गाडी, नयाँ टाटा टिगोर ल्याएको छ । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोल बाट चल्ने सेडानको न्युनतम २७.५५ लाख (१.२ लि. रेभोट्रन) मूल्य पर्नेछ र टाटाका सबै आधिकारिक विक्री केन्द्रहरुमा उपलब्ध हुनेछ ।

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोय भन्नुहुन्छ “सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुका बिच कम्प्याक्ट सेडान निकै लोकप्रिय छ । यही तथ्यलाइ ध्यानमा राख्दै हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप नयाँ टाटा टिगोर ल्याएका छाँै । यसले हाम्रा ग्राहकहरुको मन जित्ने कुरामा हामी बिश्वस्त छाँै ।”

उद्घाटन समारोहमा सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन्, “अरुभन्दा केहि फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको हो । यो केवल टाटाको नयाँ उत्पादन मात्र होइन सम्पूर्ण अटोमोबाइल उद्योगमा नै नयाँ आयाम हो । नयाँ टिगोरले एकातिर हामीलाई चार पांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्को तर्फ यसले हाम्रो उतकृष्टता प्रतिको आफ्नो अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गरेको छ” ।

नयाँ टाटा टिगोरका बिशेषताहरु

सर्वोत्कृष्ट बनावट

नयाँ टिगोरमा भएको ब्रेक फ्री कुप रुफलाइन र Duel चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट एकदमै आकर्षक बनाएको छ । OVRMs मा Auto fold function भएको LED turn indicator  र १५ इन्च पांग्रामा dual tone colour scheme रहेको यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङ्गमा उपलब्ध छ ।

आकर्षक भित्री बनावट

बाहिरी आवरण जति आकर्षक छ, भित्री पनि कम छैन । कालो र खैरो रङ्ग को प्रयोग गरिएको र टिटानियम रङ्गको छालाको सिट कभर भएको, आकर्षक छत, कप राख्ने ठाउँ, आरामदायी हात राख्ने ठाउँ भएकोे यो गाडी लक्जरियस देखिन्छ ।

अतुलनीय आराम

नयाँ टिगोरमा सहज ड्राइभिङ्गका लागि हाइट एडजस्ट गर्न मिल्ने ड्राइभिङ्ग सिट राखिएको छ । पछाडि र अगाडिको सिटको बिचमा पर्याप्त ठाउँ रहेको छ । अटोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याबिनको वरिपरी समान कुलिङ्ग हुन्छ । उपयुक्त चौडाई र क्लियर ओपनिङ्ग भएको यस गाडीमा innovative 4 bar mechanism   को प्रयोग गरी  intelligent space र ४१९ लि. को बुट स्पेस बनाइएको छ ।

नेक्स्ट जेनेरेसन एच.एम.आइ.

नयाँ टिगोरमा ७ इन्च capacitive infotainment  संगै जताततै समान ध्वनि आउन सहयोग गर्ने हर्मन टि एमको एन्ड्रोइड् अटो प्रयोग गरी ४ ओटा स्पिकर र ४ ओटा ट्वीटर राखिएको छ । यसै गरी हर्मन गोल्डेन इयर प्रमाणित अटो विशेषज्ञद्वारा साउण्ड सिस्टम सम्बन्धि सम्पूर्ण कार्य गराइएकोे छ ।

सर्वोत्कृष्ट सुरक्षा

टाटा मोटर्सको पहिलो प्राथमिकता नै सुरक्षा हो । यसै कुरालाई मध्यनजर राख्दै नयाँ टिगोरमा कडा किसिमको स्टिलको प्रयोग गरिएको छ । चालक र प्यासेन्जरको सुरक्षाका निम्ति गाडीमा dual airbags, Anti – lock Braking System (ABS), Electronic Brakeforce Distribution (EBD) र Corner Stability Control (CSC)  को प्रयोग गरिएको हुनाले यो अत्यन्त सुरक्षित छ ।

उत्कृष्ट कार्यक्षमता

१.२ लि. रेभोट्रन पेट्रोल पावर भएको यस नयाँ टिगोरमा उत्कृष्ट कार्यक्षमता र कमका लागि इन्जिनलाई थप अनुकुल बनाइएको छ । कम्पन कम गर्न NVH मा थप सुधार गरिएको्र छ । सहज र आरामदायी ड्राइभिङ्गका लागि टाटा मोटर्सले दिदै आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ । नयाँ टिगोर XEO, XMO, XZO र XZ+ गरि जम्मा ४ वटा मोडलमा उपलब्ध हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com