१७ मंसिर २०७५, सोमबार
  • ज्योति कुमार पन्थि,

बर्दिया, १७ मंसिर । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा तीन दिने ब्यवसायिक उन्नत बाख्रापालन ३ आज देखि शुरू भएको छ । बर्दिया जिल्लामा रहेका १ सय ६० वटा समुहमा आवद्व २५ जना महिलाका लागि तीन दिने तालिम आज देखि शुरू भएको हो ।

निर्धन उत्थान लघुबित्त सस्था लिमिटेडले आयोजना गरेको तालिममा महिलाहरूका लागि र बर्दियामा रहेका समुहहरूको आय आर्जन बढाउनका लागि तालिमको आयोजना गरिएको निर्धन उत्थानका क्षेत्रिय पर्बन्धक जिताराम गौतमले बताए ।

उनले पछिल्लो समय निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले महिलाहरूको समुहमा लगानी गर्ने भएकाले आफुहरू महिलाको आय स्तर बढाउनका लागि समेत विभिन्न कार्यक्रम सञचालन गरिरहेकाले बर्दियाको गुलरियामा पनि महिलाहरूका लागि बख्रा पालन तालिम सञ्चालन गरिएको समेतबताए ।

योभन्दा अघि पनि आफुहरूले बख्रा पालेको भएपनि यो तालिम पश्चात आफुहरू ब्यवसायिक रूपमा बाख्रा पालनमा लाग्न तालिमले सहयोग पुग्ने तालिममा सहभागी गुड्डि थारूले बताए । ३ दिन सम्म सञ्चालन हुने तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV