
काठमाडाैँ । विवादास्पद युनिफिकेशन चर्चकी धर्मगुरु तथा स्वघाेषित ‘जिससकी छाेरी’ डा हाक जा हान मुनले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ १ लाख डलरकाे ‘सुशासन’ अवार्ड प्रदान गरिन् । खासमा देशकै प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा बधार्इ पाउनुपर्ने हाे तर अहिले प्रधानमन्त्री अाेलीकाे सर्वत्र अालाेचना र खिसिट्युरी भइरहेकाे छ । उनले राष्ट्रिय स्वाभिमान नै बन्धकीमा राखेर एउटा धर्म प्रचारक गैरसरकारी संस्थाकाे शरणमा लम्पसार परेकाे भन्दै उनकै पार्टीभित्र र बाहिरबाट चर्काे अालाेचना भइरहेकाे छ ।
यसै क्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टरार्इले ट्वीटरमार्फत प्रम अाेलीलार्इ सुझाव दिएका छन् । नयाँ शक्ति पार्टीका संयाेजक समेत रहेका उनले आफ्नो खस्कँदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’का छोरीबाट आशीर्वाद थाप्न,पोलपोलमा आफ्नै फोटो झुण्ड्याउनुकाे सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्न सुझाव दिएका हुन् ।
प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन! pic.twitter.com/YVl5BMF0HR
— Baburam Bhattarai (@brb1954) December 3, 2018
यसैगरी विवेकशील साझा पार्टीका नेता सूर्यराज अाचार्यले सरकार बन्दा शुरुमा जनताले जुन आशा जगाएका थिए त्याे अहिले कमजाेर हुँदै गएकाे बताएका छन् । उनले भनेका छन्- ‘पोलमा पोस्टर टाँस्ने/च्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो ।’
यो सरकार बन्दा शुरुमा जनतामा आशा जगाएकै हो। बिस्तारै सुशासन र विकासका एजेन्डामा नियत वा क्षमताको कमीले काम गर्न नसकेको देखियो। पोलमा पोस्टर टाँस्ने/च्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो। यस पालि चैं ‘रफु’ वाला लाई ठुलै चुनौती!:)
— Surya Raj Acharya (@SuryaRAcharya) December 3, 2018
उता विवेकशील साझाकै अध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्रीले थापेकाे अवार्ड सम्मान नभर्इ अपमान रहेकाे बताएका छन् । उनले प्रश्न गरेका छन्- ‘तपाईं हामी सबैको प्रधानमन्त्री, जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने?’
प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो! तपाईं हामी सबैको प्रधानमन्त्री – जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने? खराब नेतृ्त्व र कुशासनका लागि यति बिघ्न आलोचना हुँदा “नेतृत्व र सुशासन पुरस्कार” लिन अफ्टेरो लागेन? फोटो: कान्तिपुर pic.twitter.com/P4JPutGqws
— Rabindra Mishra (@RabindraMishra) December 3, 2018
प्रधानमन्त्री अाेलीकै पार्टी नेकपामा प्रखर नेता घनश्याम भुसालले निकै घतलाग्दाे ट्वीट गरेका छन् । उनले प्रधानमन्त्री सरिक सम्मेलनलार्इ लक्षित गर्दै भनेका छन्- ‘नग्नताको राष्ट्रिय परेड प्रदर्शन भयाे, यस मुलुकका सन्तान-दरसन्तानले त्यसकाे मूल्य तिरिरहनुपर्नेछ ।’
विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ l
— Ghanashyam Bhusal (@gsbhusal) December 2, 2018