१७ मंसिर २०७५, सोमबार

तौलिहवा ।  बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् ।

ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए । चोरीमा संलग्न एक जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV