१७ मंसिर २०७५, सोमबार

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्ला गरेकै दिन सर्बरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गतेदेखि खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ । वेबसाइट नै ह्याङ भएपछि अनलाइन फर्म भर्न चाहने नयाँ सेवाग्राही पनि अन्यौलमा परेका छन् ।

विभागले देशभरका यातायात कार्यालयमार्फत सो सेवा दिँदै आएको थियो । दैनिक लाइसेन्सको माग बढ्ने र ट्रायल (रिट्रायल) दिनेहरूको संख्या थपिने भएपछि यसअघि विभागले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर अनलाइन आवेदन सेवा बन्द गरेको थियो ।

पहिलोपटक ट्रायल दिनेहरूमध्ये ४० प्रतिशत मात्र उत्तीर्ण हुने गरेको बताउँदै विभागले ६० प्रतिशतले तीनपटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले संख्या थपिदै गएको जनाएको खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV