१६ मंसिर २०७५, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई युनिभर्सल पिस फाउन्डेशनले एक लाख डलर पुरस्कार प्रदान गरेको छ । फाउन्डेशनले प्रधानमन्त्री ओलीलाई नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै ‘एसिया प्यासिफिक समिट’को अवसर पारेर सो पुरस्कार प्रदान गरेको हो । आफुले पाएको सो पुरस्कार नेपालका युवा र बालबालिकाको लागि खर्च गर्नेसमेत प्रधानमन्त्री ओलीले उद्घोष गरका छन् ।

प्रधानमन्त्री ओलीले शान्ति, उन्नति र विकासमा साझा धारणा रहेकाले आफू सो कार्यक्रममा उपस्थित भएको बताउँदै कार्यक्रमबारे अनावश्यक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV