१६ मंसिर २०७५, आईतवार

काठमाडौँ । हुन त एसिया प्यासफिक सम्मेलनमा आयोजकले आइतबारको कार्यक्रमको उद्देश्य पारिवाकि समृद्धि र शान्ति भनेर सबैलाई भन्यो । तर, कार्यक्रम भित्रको माहोल फरक थियो । यहाँ त पारिवारिक समृद्धिका कुरा कम आशीर्वाद लिने तरिकाको तयारी बढी थियो । जसलाई सफल बनाउन आएका जनप्रतिनिधिका जोडीलाई पटक पटक पूर्वाभ्यास गराइयो ।

आशीर्वाद दिन र लिनका लागि शुरुमा यसरी पूर्वाभ्यास गराइयो । यस पश्चात नगर प्रमुख अर्थात मेयर र गाउँपालिका प्रमुखका जोडीलाई आशीर्वाद लिने तरिका सिकाइयो । पारिवारिक समृद्धि र सुखका निम्ति जोडीलाई पटक पटक सम्झाउन खोजियो । यसमा ध्यान दिन बारम्बार भनियो । आशीर्वाद लिदा हल बाहिर नजान उनीहरुले पटक पटक भने । यस पश्चात आर्शिवाद दिने भनिएकी हाक जा हन मुन हलमा छिर्नु भन्दा पहिले पनि फेरी एक पटक अभ्यास गराइयो । र अब जोडीकालागि भनेर आयोजकले यो जुस बाड्यो । र आफ्नो श्रीमान्लाई खुवाउन श्रीमतीलाई भनियो । अनि आइपुगिन् हाक जा हन मुन । आयोजक भित्रका केही मान्छेले सबैलाई शुद्ध जल छर्किए ।

जल छर्केपश्चात सबै दम्पत्तिलाई यसुका छोरी हु भन्ने युनिभर्सल पीस फेडेसनको फाउण्डर हाक जा हन मुनले आर्शिवाद दिइन । अब यस बारेमा हामीले आएका जनप्रतिनिधिलाई सोध्यौं आर्शिवाद लिने कुरा थाहा थियो । उनीहरुको जवाफ सुन्नुहोस् । कार्यक्रमको अन्त्यतिर प्रधानमन्त्री आए र सम्मान थापे । र उनले बाहिरको तथ्यहिन हल्लामा विश्वास नगर्न भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV