१६ मंसिर २०७५, आईतवार
  •  अमर काफ्ले

सुनसरी । प्याब्सन सुनसरीको अध्यक्षमा विष्णु कोइराला सर्वसम्मत चुनिएका छन् ।

इनरुवा इङ्गिलस बोर्डिङ स्कुलका संस्थापक संचालक समेत रहेका कोइराला इटहरीमा सम्पन्न प्याब्सन सुनसरीको १४औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत छानिएका हुन् ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनुप योञ्जन तामाङ, उपाध्यक्षमा नेल्सन ढकाल, रमेश कार्की, महिला उपाध्यक्ष कोपिला भट्टराई, सचिवमा बिजय राई, सहसचिवमा दीपक घिमिरे, गणेश भण्डारी, हरि आचार्य चयन भएका छन् । कोषाध्यक्षमा इनरुवाकै दीपक कार्की चुनिँदा सहकोषाध्यक्षमा शैलेश पुरी छानिएका छन् ।

त्यसैगरी प्याब्सन सुनसरीको नयाँ कार्य समति सदस्यहरुमा महिला तर्फबाट पुण्यप्रभा गुरागाई, कविता लम्साल रहेका छन् भने अन्य सदस्यहरुमा शिव राई, प्रभातकुमार शर्मा, जयप्रसाद आचार्य, अन्तिराम चौधरी, रमेश दाहाल, गोपाल निरौला, भूपनारायण भगत रहेका छन् । अध्यक्षमा सर्वसम्मन चुनिएका कोइराला यसअघि प्याब्सन सुनसरीको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV