१६ मंसिर २०७५, आईतवार
  • ज्याेति कुमार पन्थी

बर्दिया । गत बर्षसम्म सडक निर्माणमा रकम र समय खर्चिएका जनप्रतिनिधि यस वर्षदेखि भने स्वास्थ्यकाे क्षेत्रमा समेत अघि बढ्न थालेका छन् ।

सदरमुकामस्थित गुलरिया नगरपालिकाकाे वडा नं २ ले अाफ्नै लगानीमा गरिब तथा बिपन्न परिवारका नागरिकहरूकाे अाँखा अपरेसन गरेकाे छ । वडाभित्र बसाेबास गर्ने मानिसहरूकाे अाँखामा समस्या भएकाहरूलाई नि:शुल्क अप्रेशन गरिएकाे हाे ।

यहाँका अधिकांश बासिन्दा न्यून अाय भएका छन् । यसअघि सञ्चालन गरिएकाे अाँखा शिवरबाट धेरैमा माेतियाबिन्दुकाे समस्या देखा परेकाले वडाकाे लगानीमा अहिले १५ जनाकाे अाँखा अप्रेशन गरिएकाे हाे ।

अझै करिव २५ जनाजति अाँखाका बिरामीहरू रहेकाेले उनिहरूकाे पनि चाँडै अप्रेसन गरिने गुलरिया नगरपालिका वडा नं २ का वडा अध्यक्ष टंक अधिकारीले बताए ।

वडामा रहेका सबै बिरामीकाे अाँखा अप्रेशन गर्दा धेरै रकम लगानी गर्नु पर्ने भएकाले अहिले १५ जनाकाे मात्र अाँखा अपरेशन गरिएकाे उनकाे भनाइ छ । एक जनाकाे अाँखा अप्रेशन गर्दा करिव ६ हजार सम्म लाग्ने गरेकाे शिवगंगा अाँखा अस्पताल गुलरियाका प्रमुख हरि केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV