१६ मंसिर २०७५, आईतवार

काठमाडाैं। १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसकेपछि कञ्चनपुरबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । निर्मला पन्तका बुबा यज्ञराज पन्त लगातार धर्नामा बसेका कारण बिरामी परेपछि काठमाडौंमा उपचाररत छन् । नागरिक संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।

आन्दोलनका कार्यक्रम अनुसार सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने, बिहीबार मानव साङ्लो बनाउनेलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV