१५ मंसिर २०७५, शनिबार

काठमाडौँ। गणतन्त्र नाउराका राष्ट्रपति बरोन दिभाभेसी बाका र फिलिपिन्सका उपराष्ट्रपति मारिया लियोनरजी रोब्रेकोले चन्द्रागिरी नगरपालिकास्थित चन्द्रागिरी हिल्सको भ्रमण गर्नुभयो ।

उहाँहरुले भालेश्वर मन्दिर परिसरबाट काठमाडाँै उपत्यका र वरिपरिका रमणीय हिमशृङ्खलाको आज दृश्यावलोकन गर्नुभएको थियो । करीब एक घण्टा उहाँहरुले सो स्थानमा बिताउनुभएको थियो । सो हिल्सले भालेश्वर दर्शन गर्न केबुलकार सञ्चालन गरिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि केबुलकार तथा सो स्थान आकर्षण गन्तव्य बन्न पुगेको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर उहाँहरु सो स्थानमा पुग्नुभएको थियो । सो अवसरमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र हिल्सका अध्यक्ष चन्द्र ढकालले उहाँहरुलाई स्वागत गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी दिनुभएको थियो । हिल्सका अध्यक्ष ढकालले विशिष्ट अतिथिको भ्रमणले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV